‘मनसुन मेगा अफर’, ६५० रुपैयाँमा मोबाइल

बिहीवार, जेष्ठ २३, २०७६ साल,
काठमाडौं । चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइल हबमा जेठ २७ गते सोेमबारदेखि २ सातासम्म मनसुन मोबाइल मेगाअफर चल्ने भएको छ।

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने आयोजकको भनाइ छ। मेलामा बिग सेलअन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइने जनाइएको छ।

मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शून्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ। पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मोबाइलहबले मिलाएको छ ।

मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिनेछ।

मेलाअवधिमा मोबाइल खरिद गर्नेले एफक्युब सिनेमाको टिकट निशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ ।

मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइल हबले जनाएको छ ।

केएल मोबाइल हब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पलवल्र्ड मोबाइल, सिटिसी मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा पनि उल्लेखित अफर सहित मेला सञ्चालन हुने मोबाइल हबको भनाइ छ। जेठ २७ गते सोमबारदेखि सुरु हुने मेला आगामी असार १५ गतेसम्म चल्ने छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411