सुनको मुल्य २८ सय रुपैयाँले बढ्यो

बिहीवार, जेष्ठ २३, २०७६ साल,
काठमाडौं । यो साता सुन प्रतितोला २८ सयले महंगिएको छ। साताको पहिलो दिन ५९ हजार ५ सय रुपैयाँमा करोबार भएको सुनको मूल्य आज ६२ हजार ३ सय रुपैयााँ पुगेको नेपाल सुनचाँदी ब्यपवसायी महासंघले जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटमा बढाइएको भंसारदर र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धिको प्रभाव नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी रत्न तथा आभूषणका अध्यक्ष रमेश महर्जनको भनाइ छ।

हिजो प्रतितोला ६२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। हिजोको तुलनामा सुनको मूल्य आज ३ सय रुपैयाँ बढेको हो।
यो साता सुन दैनिक १५ सय सम्मका दरले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको तथ्यांकले देखाएको छ। यो साता एक दिनमात्र सुनको मूल्य स्थिर रह्यो भने बाँकी दिन उकालो लागेको देखिन्छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411