प्रचण्डको सुरक्षामा ५९ सुरक्षाकर्मी, पीएसओ फेरिए

बिहीवार, जेष्ठ २३, २०७६ साल,
काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीलाई दाहालको पीएसओको रुपमा खटाएको हो ।

दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र डीएसपीकै नेतृत्वमा सशस्त्र प्रहरीका ३०  जना गरी ५९ जना खटिने गरेका छन् । उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो ।

यसअघि दाहालको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा गरिएका थिए ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411