'हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री' नारासहित आयो कर्णालीको नीति तथा कार्यक्रम (पूर्णपाठ)

बुद्धबार, जेष्ठ २२, २०७६ साल,
सुर्खेत । कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बुधवार प्रदेश प्रमुख दुर्गाकेशर खनालले ३२ पेज लामो नीति तथा कार्यक्रम प्रस्तुत गरे।  “शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारः यसका लागि पूर्वाधार” मूल नाराका साथ खाना, नाना र छानाको प्रबन्ध गर्ने गरी नीति तथा कार्यक्रम प्रदेश सरकारले ल्याएको छ।

उक्त नीति तथा कार्यक्रममा केही नयाँ थपिए पनि अधिकांश पुराना र टुक्रे नीति तथा कार्यक्रम समावेश गरिएको छ। स्थानीय तह र केन्द्र सरकारले ल्याएको नीति तथा कार्यक्रमसमेत समावेश गरिएको छ।

विशेष गरेर प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नागरिक र सरकार बीच जीवन्त सम्बन्ध स्थापित गर्न र आमजनताले आफ्ना कुराहरु सरकार समक्ष प्रत्यक्ष राख्नको लागि “हाम्मा कुडा हाम्मा मुख्यमन्त्री” कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

विपद् तथा भोकमरीको समयमा तत्काल उपयोग गर्न सकिने गरी अत्यावश्यक खाद्य वस्तु, पानी र औषधीसहितको “जन भकारी” स्थानीय तहसम्म खडा गरिने भएको छ।

केवलकार, गुरिल्ला पर्यटन पदमार्ग, बाह्रदेउ भ्यू टावर, नाउर तथा कस्तुरी पदमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गर्ने जनाएको छ। स्थानीय युवालाई पर्यटक सहयोगी तालिम तथा विभिन्न पर्यटकीय सर्किटहरुमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिनेछ। हिमाली क्षेत्रको पदयात्रामा सुरक्षालाई प्राथमिकता दिइने भएको छ।

यस्तो छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रम

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411