अबदेखि कर्मचारीलाई भानुभक्तको बिर्खे टोपी अनिवार्य

मंगलवार, जेष्ठ २१, २०७६ साल,
नेपाली भाषा र साहित्यका धरोहर भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा अवस्थित भानुनगरपालिकाले करिब सयभन्दा बढी कर्मचारीलाई बिर्खे टोपी अनिवार्य गरेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दैै नगरपालिकाका १३ वडामा बिर्खे टोपी र कर्मचारी पोसाक अनिवार्य लगाउनुपर्ने बनाएकोे हो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीका अनुसार कार्यालयका कुनैपनि कर्मचारीले निर्धारित समयमा पोसाक लगाएर कार्यालय नआएको देखिएमा कर्मचारीलाई हाजिरी गर्न नदिने बताए ।

बिर्खे टोपी र कर्मचारी पोसाक अनिवार्य गरेपछि कर्मचारीमा अनुशासन, जिम्मेवारी र एकरूपता देखिएको बताउँदै प्रमुख गौलीले कुनै पनि परिवर्तनको सुरुवात आफैंबाट हुनु जरुरी भएको बताए ।

उनले नगरपालिकाका सबै माताहतका कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानका रुपमा लैजाने योजना भएको बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411