प्रधानमन्त्री ओलीको गाउँमा साढे ४९ करोड, पूर्वप्रधानमन्त्री देउवाको १९ करोड मात्रै बजेट

सोमबार, जेष्ठ २०, २०७६ साल,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गाउँ (दमक नगरपालिका)ले सरकारबाट ४९ करोड ६८ लाख रुपैयाँ बजेट पाएको छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पार्टी सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिकाले जम्मा १९ करोड ३१ लाख रुपैयाँ मात्रै बजेट पाएको छ ।

प्रधानमन्त्री ओली र अर्थमन्त्री डा युवराज खतिवडाको गृहजिल्ला झापाले ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ भने देउवाको जिल्ला डढेलधुराले जम्मा १ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ मात्रै बजेट पाएको छ ।

अर्थमन्त्री खतिवडाले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेका थिए । अर्थ मन्त्रालयले आज मात्रै प्रत्येक स्थानीय तहलाई केन्द्रिय सरकारले बिवियोजन गरेको बजेट सार्वजानिक गर्दा यस्तो देखिएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411