कुन स्थानीय तहलाई कति अनुदान ? हेर्नुस् सूची

सोमबार, जेष्ठ २०, २०७६ साल,
काठमाडौं। अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरणमार्फत आगामी आर्थिक वर्षमा स्थानीय तह र प्रदेशका लागि उपलब्ध गराएको अनुदान सार्वजनिक गरेको छ।

अर्थले उपलब्ध गराएको विवरणअनुसार प्रदेशतर्फ सबैभन्दा धेरै कर्णाली प्रदेशले र स्थानीय तहतर्फ सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले संघीय सरकारबाट अनुदान पाएका छन्।

संघीय सरकारले वित्तीय हस्तान्तरणबाट समपूरक र विशेष अनुदानबाहेक ३ खर्ब १३ अर्ब रुपैयाँ हस्तान्तरण गर्नेछ। यसमा वित्तीय समानीकरण अनुदानको हिस्सा १ खर्ब ४५ अर्ब र शशर्त अनुदानको हिस्सा १ खर्ब ६८ अर्ब रुपैयाँ छ। बाँकी दुई अनुदानका लागि १० १० अर्ब रुपैयाँ छुट्याइएको छ।

प्रदेशर्तफ वित्तीय समानीकरण अनुदानस्वरुप ५५ अर्ब २९ करोड र शशर्त अनुदानतर्फ ४४ अर्ब ५४ करोड रुपैयाँ गरी ९९ अर्ब ८४ करोड रुपैयाँ हस्तान्तरण हुने अर्थ मन्त्रालयले जनाएको छ।

यसैगरी स्थानीय तहमा वित्तीय समानीकरण अनुदान ८९ अर्ब ९४ करोड र शशर्त अनुदान १ खर्ब २३ अर्ब गरी कूल २ खर्ब १३ अर्ब रुपैयाँ हस्तान्तरण हुने मन्त्रालयले उल्लेख गरेको छ।

स्थानीय तहअन्तर्गत महानगरपालिकामा वित्तीय समानीकरण अनुदान ३ अर्ब १३ करोड १२ लाख र शशर्त अनुदान ४ अर्ब ६२ करोड २ लाख रुपैयाँ गरी कूल ७ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराइएको छ।

उपमहानगरपालिकाले वित्तीय समानीकरण अनुदान शीर्षकमा ३ अर्ब ४८ करोड र शशर्त अनुदान शीर्षकमा ४ अर्ब ५१ करोड रुपैयाँ गरी ७ अर्ब ९९ करोड रुपैयाँ पाउनेछन्।

यसैगरी नगरपालिकाले ३९ अर्ब ७७ करोड रुपैयाँ वित्तीय समानीकरण र ५५ अर्ब ५१ करोड रुपैयाँ शशर्त गरी कूल ९५ अर्ब २८ करोड रुपैयाँ अनुदान संघीय सरकारबाट पाउनेछन्।

गाउँपालिकाहरुले वित्तीय समानीकरण अनुदा ४३ अर्ब ५५ करोड र शशर्त अनुदान ५९ अर्ब २३ करोड रुपैयाँ गरी १ खर्ब २ अर्ब रुपैयाँ हस्तान्तरण हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411