संसद हो कि भट्टी ? संसद परिसरभित्र रक्सी, चुरोट, खैनी र पानपराग खुलेआम

सोमबार, जेष्ठ २०, २०७६ साल,
काठमाडौं । सरकारी कार्यालयमा धुम्रपान, मध्यपान प्रतिबन्धित नै हुन्छ । तर देशको कुनै संसद भवन परिसरमै रक्सीका बोतल, चुरोट, खैनी, पान–परागको बट्टाको थुप्रो देखियो भने त्यसलाई के भन्ने ?

योजना, नीति, नियम बनाउने र बहस गर्ने थलो मानिने प्रदेश–२ को परिसरमै यस्तो देखिन्छ । जहाँको शौचालयमा जोकोही पुग्दा लाग्छ कि, यो कुनै रक्सी र चुरोटको अखडा नै हो ।

त्यसो त, सभाहलको पछाडि पट्टीको क्यान्टिनमै रक्सी, चुरोट र तास खुलेआम बेच्ने गरिन्छ । कानुन अनुसार प्रदेशसभामा जाँड रक्सी खान नपाइने प्रदेशसभा सचिवालय सचिव बताउँछन् ।

तर, प्रदेशसभाका सांसदहरुकै लापर्वाहीका कारण यस्तो अव्यवस्थित अवस्था देखिएको उनको भनाइ छ । स्रोतका अनुसार परिसरमा रहेको चमेनागृहमा बस्नेहरु नै रक्सी सेवन गर्छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411