सूर्या लाइफले १२ प्रतिशत बोनस शेयरपछि ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने

सोमबार, जेष्ठ २०, २०७६ साल,
काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले असार ११ गते ११ औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले हाल कायम चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँको १२ प्रतिशतका दरले बोनस शेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने भएको छ।

कम्पनीले १० औं वार्षिक साधारणसभाबाट ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले हाल घोषणा गरेको बोनस शेयरपछि चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अगाडि सारेको छ।   

बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २६ करोड रुपैयाँ पुग्नेछ। यसै पुँजीको ७० प्रतिशत अर्थात ८८ करोड ७४ लाख रुपैयाँको हकप्रद निष्काशनपछि चुक्ता पुँजी दुई अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411