नेप्सलाई विद्युतीय भुक्तानी प्रणाली सञ्चालनको अनुमति पायो

आईतवार, जेष्ठ १९, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) लाई विद्युतीय भुक्तानी प्रणाली सेवा संचालनको अनुमति दिएको छ।

भुक्तानी सम्वन्धि कार्य गर्ने संस्थारसंयन्त्रलाई प्रदान गरिने अनुमति नीति बमोजिम नेप्सले बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि स्वीकृति पाएको हो।

नेप्स, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित कम्पनी हो। कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुको लागि आधुनिक इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्नेछ। कम्पनीले १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411