दैलेखमा श्रीमती बेच्नेलाई ३८ वर्ष कैद सुनाइयो

आईतवार, जेष्ठ १९, २०७६ साल,

काठमाडौं । दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो ।

आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो ।

न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज उक्त फैसला सुनाइएको हो । उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद भएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो ।रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411