​सरकारी ऋणपत्रको आकर्षण बढ्यो, आह्वान गरिएको रकमभन्दा सातगुणाले बढी माग

शुक्रबार, जेष्ठ २९, २०७२ साल,
काठमाडौ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको सरकारी ऋण पत्रमा सर्वसाधारणको आकर्षण बढेको पाइएको छ ।  आह्वान गरिएको रकमभन्दा सातगुणाले बढी रकमसम्मको ऋणपत्र जनसाधारणले किन्न चाहेको देखिएको छ । 
 
नेपाल राष्ट्र बैंकले रु पाँच अर्बको नौ वर्षीय विकास ऋणपत्र आह्वान गरेकामा बोल रकम रु ३७ अर्ब ६४ करोड परेको हो । 
 
राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार बजारमा रु १०० अर्बको अधिक तरलता भएकाले पनि ऋणपत्रमा लगानीको चाप बढेको हो । 
 
बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकका अनिवार्य नगद मौज्दात राख्नुपर्ने भन्दा बाहिर ठूलो रकम जम्मा भएकाले पनि अधिक बोल परेको उहाँको भनाइ छ । 
 
भूकम्पका कारण बचत बढेको छ भने लगानी गर्ने कुनै उपयुक्त स्थान बैंक तथा वित्तीय संस्थाले पहिचान गर्न सकेका छैनन् । 
 
निर्देशक थापाले बैंकमा कर्जाको माग पनि शिथिल छ । 
 
वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र नागरिक लगानी कोषले विकास ऋणपत्र खरिद गर्न सक्छन् । 
 
राष्ट्र बैंकका अनुसार जेठ १४ गते चार प्रतिशतमा किन्न तयार भएका लगानीकर्ता जेठ २१ गतेको ३.४४ प्रतिशत र जेठ २८ गते अन्तिम दिनसम्म आइपुग्दा ३.०८ प्रतिशतमा ऋणपत्र किन्न तयार भएका थिए । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411