अब भ्याट क्रेता र बिक्रेता दुवैले आधा आधा तिनुपर्ने

आईतवार, जेष्ठ १९, २०७६ साल,
काठमाडौं । मूल्य अभिबृद्धि कर (भ्याट)मा क्रेता र बिक्रेता दुवैले ५० प्रतिशत तिनुपर्ने व्यवस्था निर्माण व्यवसायी ठेकेदारलाई मात्र लागु हुने भएको छ । अहिलेसम्म सामान बिक्रीगर्दा क्रेताले सतप्रतिशत रकम तिर्नुपर्ने व्यवस्था थियो । मूल्य अभिबृद्ध करका नियमावलीमा परिवर्तन अनुसार अब क्रेता र बिक्रेताले ५०/५० प्रतिशत रकम भ्याट तिर्नुपर्छ ।

उदाहरणको लागि कुनै ‘क’ नाम गरेको कम्पनीले १० हजार रुपैयाँको सामान ‘ख’ भन्ने कम्पनीलाई बिक्री गर्यो । त्यसमा १३ सय रुपैयाँ भ्याट लाग्ने गरेको थियो ।

अहिलेको व्यवस्था अनुसार ‘क’ भन्ने कम्पनीले ‘ख’ भन्ने कम्पनीसँग भ्याटको रकम जोडेर बिल बनाउने गरेको थियो । अर्थात भ्याट रकम पूर्ण रुपमा ‘ख’ भन्ने कम्पनीले तिरेको हुन्थ्यो । सो रकम ‘क’ भन्ने कम्पनीले कर कार्यालयमा रहेर बुझाउने काम गर्थो ।

नयाँ व्यवस्था अनुसार भ्याट रकम १३ सय रुपैयाँमा बिक्रेता ‘क’ले साढे ६ सय रुपैयाँ तिर्नुपर्छ भने पनि तिर्नुपर्छ भने साढे ६ सय रुपैयाँ ‘ख’ भन्ने कम्पनीले तिर्नुपर्छ ।

खास गरेर निर्माण व्यवसायीलाई मात्र लक्षित गरेर ल्याइएको व्यवस्था सबै कम्पनी र फर्मलाई लागु हुने गरेर मूल्य अभिबृद्धि करको नियमावली संसोधनमा परेको थियो । नियमावलीमा उल्लेख भएको व्यवस्थाले सबै करदातालाई सो व्यवस्था लागु हुने खालको देखिएको थियो ।

ठेकेदार कम्पनीले काम सम्पन्न भएपछि पनि कर नतिरेको कारण भ्याटमा सो व्यवस्था लागु गर्न खोजिएको करका अधिकारीहरु बताउँछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411