नेप्से दोहोरो अंकले ओरालो, ७५ करोड रुपैयाँको कारोबार

आईतवार, जेष्ठ १९, २०७६ साल,
काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज १३.७९ अंकले घटेको छ। सो अंक घटेसंगै नेप्से १३०५ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ३.३ अंकले घटेको छ।

आज १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर ७५ करोड ३२ लाख ५७ हजार २ सय ९ रुपैयाँमा कारोबार भएको हो।
जम्मा ११ उपसमूहको कारोबार भएकोमा ९ उपसमूह घटेका छन् भने २ उपसमूह बढेका छन्।

बैंकिङ १३.७७, बिकास बैंक १.२८, हाइड्रो पावर २२.२८, फाइनान्स २.४८, निर्जिवन बीमा ४२.८३, अन्य १२.४, माइक्रो फाइनान्स १८.०८, जीवन बीमा ५९.३७, सामूहिक कोष ० अंकले घटेका छन् भने होटेल्स १२.६१ र उत्पादन १०.११ अंकले बढेका छन्।

आज सबै भन्दा बढी कारोबार प्रिमियर इन्स्योरेन्सको भएको छ भने आज सबै भन्दा बढी नाफा कमाउनेमा कम्काई बिकास बैंक, तारागोन रेजेन्सी होटेल्स, माउन्टेन हाइड्रो युनिभर्सल पावर कम्पनी, गुडविल फाइनान्सका लगानीकर्ता रहे।

सबै भन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी, ग्रीन बिकास बैंक, स्वदेशी लघुवित्त, हिमालय उर्जा बिकास, गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ता रहे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411