रिलायन्स लाइफ इन्स्योरेन्सकोे ६३ लाख कित्ता आईपिओ निष्काषनको लागि सानिमा क्यापिटलसँग सम्झौता

आईतवार, जेष्ठ १९, २०७६ साल,
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा क्यापिटल लिमिटेड बीच सम्झौता भएको छ। सम्झौता अनुसार सर्वसाधारणका लागि जारी गरिने ६३ करोड रकम बराबरकोे शेयरको सार्वजनिक निष्काशन सम्बन्धि सम्पूर्ण कार्य निष्काशन तथा बिक्री प्रबन्धको रुपमा गराइने भएको छ।

सम्झौतामा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे।

रिलायन्स लाइफ इन्स्योरेन्सले जीवन बीमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा÷उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्व १० करोड रहेकोमा जारी पुँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि छुट्याइएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411