सीतारमण बनिन् भारतको पहिलो महिला अर्थमन्त्री

शुक्रबार, जेष्ठ १७, २०७६ साल,
दोस्रो कार्यकालका लागि बिहीबार सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीले मन्त्रीहरूको कार्यविभाजन तोकेका छन्।

मोदीको नयाँ मन्त्रिपरिषदमा पहिलो पटक महिलालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। हिजै सपथ लिएकी नेतृ निर्मला सीतारमणले संघीय अर्थ मन्त्रालय  सम्हाल्ने भएकी  छन्। मोदीको अघिल्लो  कार्यकालमा अरूण जेट्ली अर्थमन्त्री थिए।

यसअघि सन् १९७० देखि १९७१ सम्म इन्दिरा गान्धीले अर्थ मन्त्रालय सम्हालेकी थिइन्। त्यतिबेला उनी प्रधानमन्त्री पनि थिइन्।

भाजपा अध्यक्षसमेत रहेका अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि ग‌ृह सम्हालेका नेता राजनाथ सिंह रक्षा मन्त्री बनेका छन्।

विदेश मन्त्रालयको जिम्मेवारी पूर्वविदेश सचिव एस जयशंकरले पाएका छन्। चार वर्षअघि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा जयशंकर विदेश सचिव थिए।

२०७२ असोजमा नेपालमा संविधान जारी हुनुभन्दा पहिला उनी प्रधानमन्त्री मोदीका विशेष दूत बनेर काठमाडौं आएका थिए र संविधान घोषणा केही दिन सार्न भनेका थिए। भारतको आग्रहअनुसार संविधान सार्ने मिति नसरेपछि संविधान लागू भएलगत्तै भारतले नाकावन्दी लगाएको थियो।

उत्तरप्रदेशको अमेठीमा कंग्रेस  अध्यक्ष राहुल गान्धीलाई हराएकी स्मृति  इरानी महिला मन्त्री बनेकी छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411