म्यानपावर व्यवसायी आन्दोलनमा, माग पुरा नभए रोजगारमा १ जना पनि विदेश नपठाउने

शुक्रबार, जेष्ठ १७, २०७६ साल,
काठमाडौं । विभिन्न माग राखेर म्यानपावर व्यवसाी आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले आफ्नो माग पुरा नभएसम्म विदेश काम गर्न जाने कामदारको कुनै पटि टिकट नकाट्ने दाबी गरेका छन् । विभिन्न मेनपावर कम्पनीका अनुसार अब एक हप्ताभरि कुनै पनि कामदारको विदेश जाने टिकट काटिने छैन ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्तासम्म कामदारलाई विदेश जान रोकिएको बताए । जेठ २३ गतेसम्म पनि माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ ।

संघले अबको एक हप्तासम्म पनि मागको सुनुवाई नगरे वैदेशिक रोजगरका सबै प्रक्रिया ठप्प पार्ने चेतावनी दिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411