पूर्वराजा ज्ञानेन्द्रको व्यवसायीक साझेदार प्रभाकर राणाको निधन

शुक्रबार, जेष्ठ १७, २०७६ साल,
काठमाडौं । चर्चित उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो ।

नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार भइरहेको थियो ।उनी सोल्टी होटलमा संस्थापक अध्यक्ष हुन् । पर्यटन क्षेत्रमा राणा नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर हुन् ।

राणाका एक मात्र छोरा सिद्धार्थले अहिले उनले थालेका व्यवसायहरु हेर्छन् । सोल्टी होटलसहित सिप्रदी ट्रेडिङ सूर्य नेपाल, अमरावती, भोटेकोशी लगायतका कम्पनीको स्थापनामा राणाको मुख्य भूमिका थियो ।

उनी पूर्वराजा ज्ञानेन्द्रमा व्यवसायिक साझेदार मित्र पनि हुन् । उनले जीवनकालमा विभिन्न सम्मान र पुरस्कारहरु पाएका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411