बालविवाहको माग गर्दै आमाहरु जुलुसमा

शुक्रबार, जेष्ठ १७, २०७६ साल,
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार महिलाले दिनभर धर्ना दिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी मदन भुजेलसँग माग गरे, छोरीको बिहे १६ वर्षमा गर्न पाऊ ।ु नेपालको कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई गैरकानुनी मानेको छ । ुछोरीको बिहे गर्न व्यवहारिक समस्या भयो । उनीहरुको गुनासो थियो,ु प्रजिअ भुजेलले माग उद्धृत गर्दै भने ।

धर्नामा बालविवाह गरेर सानैमा तीन ती सन्तान जन्माएका किशोरी लालाबालासहित थिए । कानुनविपरित नै भए पनि यही वर्ष छोरीको बिहे गरिछाड्ने तम्तयारीबारे आमाहरु हाकाहाकी बोलिरहेका थिए । कोहलपुर नगरपालिका १४ का महिला १४ देखि १७ वर्ष उमेरका छोरी यही असोजमा बिहे गर्ने तरखरमा रहेको बताउँदै थिए ।

सुनिता खटिककी १४ वर्षकी छोरी बिनु, अनिता खटिककी १५ वर्षकी छोरी पुष्पा, मेथा खटिककी १६ वर्षीया छोरी कलावती, माया खटिककी १४ वर्षीया छोरी सरिता, ज्ञाना खटिककी १७ वर्षीया छोरी मनिषा र केशरानी खटिककी १६ वर्षीया छोरी करिष्माको असोजमा बिहे गर्ने उनीहरुले बताए ।

केशरानीले कानुन छल्ने योजना पनि सुनाईन्, ुबिहे गर्छु । चार वर्ष छोरी मेरै घरमा बस्छे । २० वर्ष पुरा भएपछि आफ्नो घर जान्छे ।ु अधिकांश आमाको एउटै चिन्ता थियो, ु२० वर्षसम्म छोरीलाई कसरी घरमै टिकाएर राख्ने । भागेर गई भने हाम्रो इज्जत कसरी जोगाउने रुु अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411