बजेटले घटाइदियो यी मोटरसाइकलको मूल्य

बिहीवार, जेष्ठ १६, २०७६ साल,
काठमाडौं । बजेटका कारण केही मोटरसाइकलको मूल्य घट्ने देखिएको छ । सरकारले आर्थिक वर्ष २०७६\७७ का लागि ल्याएको बजेटले १५५ सिसी क्षमतासम्मको मोटरसाइकललाई एउटै समूहमा राखेर अन्तःशुल्क कायम गरेपछि केही मोटरसाइकलको मूल्य घट्ने भएको हो ।

यसअघि ५० सिसीभन्दा माथि १५० सिसी क्षमतासम्मको एउटा समूह र अर्को समूहमा १५५ सिसी क्षमतादेखि २५० सिसी क्षमताको मोटरसाइकललाई अर्को समूहमा राखिएको थियो ।

तर आर्थिक विधेयकमा न्यूनतम ५० देखि १५५ सिसी क्षमतालाई एउटै समूहमा राखी अन्तःशुल्क कायम गरिएको छ ।

विधेयकका १५५ सिसी क्षमतासम्मका मोटरसाइकलमा ४० प्रतिशत अन्तः शुल्क लाग्नेछ । साथै १५५ सिसी क्षमता नाघेको र २५० सिसी क्षमताको मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

जसको फाइदा यामाहा ब्राण्डको आर १५ भी ३, सुजुकी ब्राण्डको जिक्सर १५०, सुजुकी जिक्सर १५० एसएफ मोटरसाइकलमा पुगेको छ । यस अगाडि ५० प्रतिशत अन्तः शुल्क लाग्नेमा अब ४० प्रतिशत मात्रै अन्तःशुल्क बुझाए पुग्ने भएको हो ।

तर अन्तः शुल्क १० प्रतिशतले कम भए पनि व्यवसायीहरुले कसरी मूल्य निर्धारण गर्छन सोही अनुसार मूल्य घट्ने वा यथावत रहने थाहा हुनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411