नेप्से साढे ५ अंकले बढ्यो, १ अर्ब ५२ करोड रुपैयाँको कारोबार

बिहीवार, जेष्ठ १६, २०७६ साल,
काठमाडौं । आज शेयर बजारको परिसूचक नेप्से ५.५८ अंकले बढेको छ। सो अंक बढेसंगै नेप्से १३१९ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १.१३ अंकले बढेको छ।

आज १७४ कम्पनीको ४८ लाख ९४ हजार ६ सय ८१ कित्ता शेयर १ अर्व ५२ करोड ८१ लाख ५१ हजार ७ सय ९२ रुपैयाँमा कारोबार भयो।

कारोबार भएका ११ उपसमूह मध्ये ४ उपसमूह बढेका छन् भने ७ उपसमूह घटेका छन्।बैंकिङ १०.९५, अन्य २.०७, जीवन बीमा ९.५४, सामूहिक कोष ०.०७ अंकले बढेका छन्।

होटेल्स १८.५४, बिकास बैंक ४.४४, हाइड्रो पावर ५.२९, फाइनान्स ०.०९, निर्जीवन बीमा ६.७९, उत्पादन २४.३५, माइक्रो फाइनान्स १.७८ अंकले घटेका छन्।

आज सबै भन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ।सबै भन्दा बढी नाफा कमाउने कम्पनीमा आज हिमालयन उर्जा बिकास, रैराङ हाइड्रो पावर, एनआइसी एशिया ग्रोथ फन्ड, ग्रीन डेभ्लप्मेन्ट बैंक, वर्लड मर्चेन्ड बैंकिङ, मल्टिपर्पस फाइनान्सका लगानीकर्ता रहे।

सबै भन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी, नेश्नल माइक्रो फाइनान्स, कन्काई बिकास बैंक, बेस्ट फाइनान्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स, सिनर्जीै पावरका लगानीकर्ता रहे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411