आजदेखि ३ दिनसम्म हावाहुरी र मेघगर्जनसहित वर्षा हुने

बिहीवार, जेष्ठ १६, २०७६ साल,
काठमाडौं । आज बिहीबारदेखि शनिबारसम्म देशका अधिकाँश ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मञ्जु बिसीका अनुसार, आज पश्चिमी तराई क्षेत्रबाहेक पूर्वका तराई र पहाड दुवै तथा मध्य र पश्चिम क्षेत्रका पहाडी भेगमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ ।

उनका अनुसार, पूर्वी क्षेत्रमा आज दिउँसोदेखि नै र काठमाडौं उपत्यकासहित मुलुकको पहाडी भेगमा साँझपख मेघ गर्जनसहित वर्षा हुने संकेत देखिएको छ ।

भारतको उत्तर प्रदेश बिहारमा बनेको न्यून चापीय रेखाका कारण नेपालमा मौसम बदली भइरहेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411