विद्युतीय कार्डबाट भुक्तानी गर्दा छुट नै छुट

बुद्धबार, जेष्ठ १५, २०७६ साल,
काठमाडौं । विद्युतीय कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुटको पाइने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भुक्तानी रकममा छुट पाउने व्यवस्था गरिएको बताए।

मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा कार्ड वा वित्तीय माध्यामबाट भुक्तानी गरेर उल्लेखित मूल्य अभिबृद्धि करको १० प्रतिशत रकम भुक्तानी कर्ताको बैंक खातामा जम्मा हुने भएको हो ।

यसैगरी सबै प्रकारको धितोपत्र र ऋणपत्रको दोस्रो बजार कारोबार विद्युतीय प्रणालीमार्फत गर्न विद्युतीय प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने योजना सरकारले ल्याएको बजेमा समेटिएको छ ।

बजेटले यात्रुहरुले सार्वजनिक यातायातमा शुल्क तिर्न विद्युतीय कार्डको व्यवस्था गरेको छ। ठूला यात्रु क्षमताका सार्वजनिक सवारीसाधन सञ्चालनलाई प्रोत्साहिन गरिने बजेटमा उल्लेख छ ।

यस्तै नेशनल पेमेन्ट गेटवेको स्थापनालाई अगाडि बढाउने, नगद कारोबारलाई क्रमश न्यूनीकरण गरिने, भुक्तानी प्रणालीमा सुरक्षित कार्ड र इन्टरनेको प्रयोगलाई प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411