दाता सम्मेलनमा भाग लिन मोदीलाई महतको निम्ता

शुक्रबार, जेष्ठ २९, २०७२ साल,
काठमाडौं । भारतको तीन दिने भ्रमणमा गएका नेपालका अर्थमन्त्री डा रामशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग शुक्रबार भेट गरेका छन् । 

आगामी असार १० गते नेपालले काठमाडौंमा आयोजना गर्न लागेको नेपाल सहायता सम्मेलनमा सहभागिताका लागि मन्त्री महतले मोदीलाई निमन्त्रणा दिएका छन् । बिशेष अतिथिकै रुपमा मोदीलाई नेपाल आउने निमन्त्रणा दिईएको छ । 

विहीबार बेलुका नेपालका प्रधानमन्त्री सुशिल कोईरालाले पनि मोदीलाई फोन मार्फत नेपाल भ्रमणको निम्ता दिएका थिए ।  जसमा भारतीय प्रधानमन्त्री मोदीले सकेसम्म आउने आश्वासन दिएका छन् । 

भारत भ्रमणका क्रममा मन्त्री महतले भारतका समकक्षी मन्त्री अरुण जेट्ली, विदेशमन्त्री सुष्मा स्वराज लगाएतसंग भेट गरिसकेका छन् । मन्त्री महतले नेपालको पुनर्निर्माणमा ठूलो रकमको आवश्यकता रहेको बताउंदै दाता सम्मेलनमा भारतले यसअघि जस्तै ठूलो मात्रामा सहयोग आउने अपेक्षा रहेको बताएका थिए । 

अर्थमन्त्री महतले विहीबारनै मोदीसंग भेट गरेको भनिएपनि विहीबार भेट हुन सकेको थिएन् । उनले शुक्रबार दिउँसो नयाँ दिल्ली स्थित प्रधानमन्त्री मोदीको कार्यालयमा गएर भेटवार्ता गरेको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411