सांसदलाई खुशी पार्न प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ

बुद्धबार, जेष्ठ १५, २०७६ साल,
काठमाडौं। मुलुक संघीय संरचनामा गएपछि सांसदलाई सीधै पैसा नदिन दबाबलाई पन्छाउँदै अर्थमन्त्री डा युवराज खतिवडाले पचास प्रतिशत रकम बढाइदिएका छन्।

उनले बजेटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम ५० प्रतिशत बढाइदिएका हुन्। यो कार्यक्रम अन्तर्गत प्रतिनिधीसभाका सांसदले चार करोड रुपैयाँ पाउँदै आएका थिए। यो रकम बढाएर ६ करोड पुर्याएका छन्।

उनले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यविधी बनाएर बजेट खर्चिन पाउने व्यवस्था गरेका थिए। सतारुढ दलका नेताको दबाबमा अर्थमन्त्री खतिवडाले यो कार्यक्रमका लागि रकम बढाएका हुन्। यो शीर्षकका लागि ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411