१८ आयोजनाबाट ३५ सय मेगावाट बिजुली उत्पादन गर्ने, उर्जामा ८३ अर्ब ४९ करोड रुपैयाँ

बुद्धबार, जेष्ठ १५, २०७६ साल,
काठमाडौं। सरकारले  १८ आयोजनाबाट ३५ सय मेगावाट बिद्युत उत्पादन गर्ने अभियान बजेटमा प्राथमिकताका साथ अघि सारेको छ।

बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनालाई १३ अर्ब ५७ करोड रुपैयाँ बिनियोजन गरिएको छ।

यसैगरी माथिल्लो अरुण, तल्लो अरुण, किमाथांका, नलसिंह गाडलगायत १८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने अभियान अघि बढाइने बजेटमा उल्लेख छ।

यसैगरी तमोर जलविद्युत आयोजनालाई राष्ट्रिय गौरबको आयोजनाका रुपमा अघि बढाउने पनि अर्थमन्त्रीले घोषणा गरेका छन्।

तराईमा गुँइठाको बिस्थापन गर्न बैकल्पिक उर्जा प्रवर्द्धनकालागि स्वच्छ उर्जा कार्यक्रम संचालन गर्ने पनि अर्थमन्त्रीले बताएका छन्।

उर्जा क्षेत्रका लागि सरकारले ८३ अर्ब ४९ करोड बिनियोजन गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411