तराईँमा तापक्रम अझै बढ्ने, गर्मीबाट बच्न के गर्ने ?

मंगलवार, जेष्ठ १४, २०७६ साल,
काठमाडौँ । अबका केही दिन नेपालको पश्चिम तराईँको तापक्रम थप वृद्धि हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तापक्रम वृद्धि हुँदा तातो हावा चल्न सक्ने भएकोले सावधानी अपनाउन र सचेत रहन पनि आग्रह गरिएको छ ।

विज्ञहरुका अनुसार गर्मीबाट बच्ने उपायहरु

  • अति आवश्यक काममा मात्र घरबाहिर निस्कने, सकेसम्म छाता बोकेर निस्कने
  • भरसक सेतो, पातलो र हलुका लुगा लगाउने
  • गर्मी मौसममा घर बाहिर धेरै डुल्ने, खेल्ने काम नगर्ने
  • सकेसम्म मध्यान्ह तथा अत्यधिक घाममा बढी काम नगर्ने र समय–समयमा आराम गर्ने
  • चिसो पानी तथा पेय पदार्थ प्रशस्त पिउने । पिउने पानी साथमा बोक्ने
  • घर बाहिर बस्दा रूखको छहारी जस्ता शितल ठाउँ रोज्ने
  • फलफूल, काक्रा, खरबुजा, हरियो सागपात, झोलपदार्थ प्रशस्त खाने
  • झाडापखाला, आउँ जस्ता रोगबाट बच्न पानी तताएर चिस्याई पिउने
  • खाना खानुअघि र फोहोर छोएपछि सधैँ साबुनपानीले हात धुने
  • आफ्नो घर वरिपरी सधैँ सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी भए पुर्ने
  • चिसो हावा चल्ने तर सुरक्षित ठाउँमा सुत्ने
  • विरामी परे तुरुन्त चिकित्सकको सल्लाह लिई उपचार गर्ने

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411