आर्थिक वर्ष २०७५/७६ आर्थिक सर्वेक्षण सार्वजनिकः के–के मा कति भयो प्रगति ?

सोमबार, जेष्ठ १३, २०७६ साल,
काठमाडौ  । सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन ।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान छ । उनले चालू आर्थिक वर्षमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाले आगामी आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिदर हुने दावी प्रस्तुत गरेका छन् ।

सर्वेक्षणमा आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको उल्लेख गरिएको छ । अर्थमन्त्री खतिवडाले कूल ग्राहस्थ उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता समेत बढेको बताउए ।

विगतका धेरै दशकयता पहिलो पटक आन्तरिक बचतले कूल ग्राहस्थ उत्पादनको २० प्रतिशत नाघेको उल्लेख गर्दै यसले राष्ट्रिय पूँजी निर्माणका लागि उल्लेख्य योगदान दिने दावी गरिएको छ । सर्वेक्षणमा आन्तरिक तथा बाह्य लगानीका लागि आकर्षित गर्न भएको नीतिगत एवम् कानुनी सुधारको परिणाम दिगो तथा उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै आएको दावी प्रस्तुत गरिएको छ ।

अर्थमन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, संचार, भौतिक पूर्वाधार एवम् उर्जा तथा भूकम्पपछिको पुननिर्माणले सामाजिक तथा भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गएको देखिएको पनि स्पष्ट पारे ।

उनले उच्च आर्थिक वृद्धि, सामाजिक तथा आथिृक पूर्वाधारमा भएको लगानी र विप्रेषण प्रवाहमा रहेको वृद्धिका कारण गरिवी क्रमिक रुपमा घट्दै गएको बताए । सर्वेक्षणमा निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा कूल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खरव ५७ अरव पुग्ने अनुमान गरिएको पनि बताउए । आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कूल सरकारी खर्च आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिको तुलनामा २ दशमलव २ प्रतिशतले वृद्धि भई ५ खरव ४१ अरव पुगेको पनि सो आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷७६ मा वित्तिय क्षेत्र स्थायित्वका सूचकहरु सवल रहेका पनि दावी गरिएको छ ।

अर्थमन्त्री खतिवडाले निर्यात व्यापार केही बढन गएको पनि बताए । आर्थिक वर्ष २०७५÷७६ को अवधिमा व्यापार घाटा ८ खरव ८८ अरव रहेको छ । अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्ष भित्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य सम्पन्न हुनेछ । त्यसैगरी पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम पनि तीव्रताका साथ अघि बढाएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणको कामले तीव्रता पाएको, नेपालमा आएका पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको तथा ३ वटै तहमा कर्मचारी समायोजनपछि संघीयता कार्यान्वयनमा सहजता आएको पनि बताए ।

के–के मा कति भयो प्रगति?

बीमा पहुँच – १८ प्रतिशत जनसंख्यामा

बैंकको शाखा संख्या – ४,७०१ ओटा (७५३ मध्ये ७१३ स्थानमा)

विद्युत्को पहुँच पुगेको जनसंख्या – ७७।८ प्रतिशत

नवीकरणीय उर्जा पहुँच पुगेको जनसंख्या– १८ प्रतिशत

कुल विद्युत् उत्पादन– १,१४२ मेगावाट

सडक– ३१,३९२ किमी

कालोपत्रे – १४,१०२ किमी

खण्डस्मित सडक– ७,८८१ किमी

कच्ची सडक– ९,४०१ किमी

कुल पर्यटक आगमन – ११ लाख ७३ हजार

भूकम्पपछिको पुनर्निर्माण

६ लाख ५ हजार निजी घर

२६२ सरकारी भवन

४,२०१ विद्यालय

६४३ स्वास्थ्य संस्था भवन

२२१ पुरातात्विक सम्पदा

१२४ सुरक्षा निकायका भवन

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411