गणतन्त्र दिवसको अवसरमा टेलिकमले ल्यायो सर्वाधिक सस्तो योजना, ५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस

सोमबार, जेष्ठ १३, २०७६ साल,
काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यो अफर टेलिकमका ग्राहकले ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

टेलिकमका अनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ । यो सेवा जेठ १४ देखि १६ गतेसम्म लिन सकिने छ । यो सेवा लिएको दिनबाट सात दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले ल्याएको विभिन्न योजना मध्ये यो अहिलेसम्मको सर्वाधिक सस्तो योजना भएको बताइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411