अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइयो

आईतवार, जेष्ठ १२, २०७६ साल,
धनगढी । सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ ।

उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेञ्जरबाट यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि सो पदबाट हटाइएको हो ।

स्वकीय सचिव भट्टले उपसभामुख जोशीकी अंगरक्षक महिला प्रहरीसित म्यासेञ्जरबाट बारम्बार यौन प्रस्ताव गरी मानसिक यातना दिएको भन्दै सञ्चारमाध्यममा उनले गरेको कुराकानी सहितको म्यासेञ्जर संवाद बाहिरिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाएको उपसभामुखको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेपछि सुदूरपश्चिम प्रदेश सह इञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मण दत्त जोशीसहितका नेकपाका नेताहरुको सल्लाहमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411