सगरमाथा चढ्नेको लर्को, सर्वोच्च शिखर मै जाम !

शुक्रबार, जेष्ठ १०, २०७६ साल,
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको संख्या बढेसँगै बुधबार सगरमाथामा ट्राफिक जाम भएको छ । सगरमाथबाट आएको एफपीको तस्बिरमा पूरै चुचुरोमा आरोहीहरु लामबद्ध भएको देख्न सकिन्छ ।

हिमालका चुचुरोमा वल्लो छेउदेखि पल्लो छेउसम्म आरोहीहरु हिँडिरहेका छन् । बुधबार मौसम सफा भएकाले २ सयभन्दा बढी आरोहीहरु एकसाथ सगरमाथामाको शखिरमा पुग्न नेपाल र चीनतर्फबाट हिँडेका थिए । तर बीचबाटोमा दुबैतर्फबाट आएका टोली मिसिएपछि ट्राफिक जाम भएको थियो ।

सगरमाथा आरोहणका क्रममा एक जना अमेरिकन नागरिक र एक जना भारतीय नागरिकले ज्यान गुमाएका छन् । अमेरिकी नागरिक डोनाल्ड ल्याइन क्यास फोटो खिच्ने क्रममा निधन भएको थियो ।

त्यस्तै, ५५ वर्षे भारतीय नागरिक अञ्जली कुलकर्नी चुचुरोमा पुग्ने बेलामा खसेर मृत्यु भएको थियो । भीडका कारण शिखरमा पुग्नका लागि समय लागेका कारण उनको मृत्यु भएको हो । उनको हिलारी स्टेप नजिकै मृत्यु भएको थियो ।

यो वर्षको यस सिजनमा मात्रै कुल ३८१ मानिसहरुले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । जसमध्ये १४ जना नेपाली र ३६७ जना विदेशी नागरिक छन् ।

सगरमाथा आरोहणका लागि अनुमति लिनका लागि मात्रै प्रत्येक विदेशी नागरिकले ११ हजार अमेरिकी डलर बुझाउनुपर्छ । त्यस्तै, तिब्बतको क्षेत्रबाट आरोहणका लागि १४० जनाले अनुमति लिएका छन् ।

गत वर्ष कुल ८०७ जनाले आरोहणको अनुमति लिएका थिए । र, यो संख्या यो वर्ष बढ्ने देखिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411