हिमालयन डिष्ट्रिलरीले आर्थिक बर्ष नसकिदै ६८.४२ प्रतिशत अन्तरिम लाभांश दिने

शुक्रबार, जेष्ठ १०, २०७६ साल,
काठमाडौं । हिमालयन डिष्ट्रिलरीले आफ्ना शेयरधनीलाई चालु आर्थिक वर्षको मुनाफाबाट ६८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यस कम्पनीले चालु आव नसकिँदै लगानीकर्तालाई अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनी सञ्चालक समितिको जेठ ९ गते बिहीबर सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चित मुनाफा रकमबाट कर सहित प्रतिशेयर ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश रकम यहि जेठ १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयरधनी दर्ता किताबमा दर्ता भएका शेयरधनीले मात्र पाउनेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411