एनसेलले ल्यायो रु १०० मा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’

बिहीवार, जेष्ठ ९, २०७६ साल,
काठमाडौंं । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्ने भएका छन् । ग्राहकले आफु भारत भ्रमणमा जादाँ आफ्नो एनसेल सिम साथै लगि मात्र रु १०० मा प्रत्येक दिन अनलिमिटेड रोमिङ्ग इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेल प्रा।लि।ले भारत भ्रमणमा जाने आफ्ना ग्राहकका लागि आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ ल्याएको छ जस अन्तर्गत एनसेलका ग्राहकले आफु भारतमा रहेको समयमा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ्ग डेटा सेवा मार्फत सम्पर्कमा रही रहन सक्नेछन् ।

यस अफर अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० ९रु १२७।६९ कर सहित० मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् । यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् ।

रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः  एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक भारत भ्रमणमा जानु अघि वा भारतमा पुगे पछि पनि लिन सक्नेछन् ।  

भारतमा ठूलो संख्यामा नेपालीहरु व्यापार व्यवसायमा तथा तीर्थका लागि यात्रा गर्ने गरेका छन् ।

यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रोमिङ्गमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरि  आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको जारी विज्ञप्तिमा उल्लेख छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411