प्रदेश ५ को नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत (पूर्णपाठ)

बिहीवार, जेष्ठ ९, २०७६ साल,
काठमाडौं । प्रदेश  पाँचको सरकारको आर्थिक वर्ष ०७६/०७७ नीति कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले आगामी वर्षमात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण तोक्ने कार्यक्रम राखेको छ। प्रदेशले कृषि उत्पादनमा आत्मनिर्भर बन्ने गरी कृषि योजनालाई प्राथमिकतामा राखेको छ। नीति कार्यक्रम प्रस्तुत गर्दे प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशमा कृषि र बन पैदावारमा आधारित उद्योग स्थापनामा जोड दिने नीति लिएको बताए। लगानी बढाउन र भित्र्याउनका लागि लगानी सम्मेलन गरिने भएको छ।

कृषि उत्पादन वृद्धिका लागि माटो सुहाउदो वाली लगाउने तथा एक गाउँ एक फलको नीति लिइने बताइएको छ। प्रदेशमा बधशाला र मिटमार्ट बनाउदै निर्यात जन्य उत्पादन थाल्ने योजना छ। किसानको उत्पादन बिक्रीको ग्यारेन्टी गरी धान गँहु, मकैजस्ता मुख्यबालीको आधार मुल्य तय गरिने नीति ल्याइएको छ।

प्रदेशले १० वटा गौरवका योजना निर्माण गर्ने नीति समेत लिएको छ। प्रदेश योजना बैंक बनाएर जनप्रतिनिधिबाट छनोट भएका योजनामा लगानी गर्ने नीति बनाएको झाले बताए। आगामी वर्ष खानेपानी र सरसफाई गुरुयोजना निर्माण गरिने छ। जसका आधारमा गुणस्तरीय पानीका लागि प्रयोगशाला समेत निर्माण गरिने भएको छ।




 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411