नेप्सेमा पाँच अंकको गिरावट, कारोबार रकम ९३ करोड रुपैयाँ

बिहीवार, जेष्ठ ९, २०७६ साल,
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक ५.०८ अंकले घटेको छ । बिहीबार बजारमा ९३ करोड २६ लाख ४४ हजार ८ सय ८७ रुपैयाँको सेयर किनबेच भएका छन् । यसबीच १ सय ७० कम्पनीका २९ लाख ४३ हजार ३ सय ४ कित्ता सेयर कारोबार भएका छन् ।

नेप्से घटेको दिन कारोबारमा आएका १२ समूहगत उपसूचकमध्य पाँच समूह उकालो लागेका छन् भने बाँकी सबै सात समूह ओरालो लागेका छन्  । बिहीबार होटल समूह सर्वाधिक ३५.८३ अंकले उकालो लागेको छ भने हाइड्रो पावर सर्वाधिक ६४.७८ अंकले ओरालो लाग्यो ।

साताको अन्तिम दिन बजारमा आएका सबै कम्पनीहरु मध्य  अप्पर तामाकोशि हाइड्रो पावरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर १५ करोड ५९ लाख ६४ हजार ८ सय ४८ रुपैयाँमा कारोबार भयो ।
 
यस दिन एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थानका लगानीकर्ताले सबभन्दा धेरै कमाए । संस्थानको सेयर ९.९५ प्रतिशत कायम भएको छ भने हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.७२ प्रतिशत गूमाए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411