ग्वार्कोको आकाशे पुलबाट हाम फालेका कीर्तिमान राईको मृत्यु

बिहीवार, जेष्ठ ९, २०७६ साल,
काठमाडौं । आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको बिहीबार मृत्यु भएको छ ।

ताप्लेजुङ हाङपाङका २ का ६० वर्षीय राईले बिहीबार विहान कोटेश्वर कलंकी सडकखण्डको ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए ।

राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी दिएको छ ।

राई केही तनावमा भएको बताइए पनि पुलबाट हाम फाल्नुको कारण नखुलेको प्रहरीले बताको छ । शवको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ । राई अहिले कोटेश्वरमा रहेको आफ्नै घरमा बस्दै आएका थिए ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411