लब्धप्रतिष्ठित व्यक्ति आपत्तिजनक अवस्थामा होटलमा भेटिएपछि......

बिहीवार, जेष्ठ ९, २०७६ साल,
दमक । इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले होटल एवं लजमा छापा मार्ने क्रममा समाजका लब्धप्रतिष्ठित व्यक्ति भेटिएकाले समस्या भएको बताएका छन् ।

स्थानीय प्रशासनले समन्वय नगरेको र छापा मार्दा लब्धप्रतिष्ठित ब्याक्ति भेटिएपछि समस्यमा भएको बताए । होटलहरु यौनजन्य क्रियाकलाप हुने जानकारी पाएपछि प्रहरीले छापा मार्ने क्रममा केही स्थानिय लब्धप्रतिष्ठित व्यक्तिलाई आपत्तिजनक अवस्थामा भेटेको थियो ।

दमकमा होटल ब्यवसायलाइ मर्या्दित बनाउने बिषयमा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको पहलमा भएको छलफलमा यो प्रसंग सार्वजनिक भएको थियो ।

छलफलमा महिला नेतृहरु रेगिना भट्टराइ, सुमित्र भण्डारी, मन्दरा पौड्याल लगायतले होटलमा हुने बिकृती रोक्न माग गरेका थिए ।

महिला नेतृ रेगिना भट्टराइले मानिसहरुको घरबार बिगार्ने गरी पछिल्लो समयमा होटलहरुमा अनैतिक क्रियाकलाप गराउने कार्य बढिरहेको आफुले पनि सुनेको भन्दै यसलाइ रोक्न खुट्टा कमाउनु नहुने बताइन् । यस्तो कार्य रोक्न नगरपालिका पनि अग्रसर हुनुपर्नेमा उनले जोड दिइन् ।

होटल ब्यवसायी संघ क्षेत्रिय समितिका अध्यक्ष राजन दंगाल, होटल ब्यवसायी मोहन ढकाल लगायतले होटल क्षेत्रमा रहेका समस्याहरुको बिषयमा जानकारी गराउदै सहमतिमा होटल आउनेहरुलाइ छुट हुनु पर्ने बताएका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411