​बुधबार ११ अंकले घटेको नेप्से बिहीबार पनि १७ अंकले घट्यो

बिहीवार, जेष्ठ २८, २०७२ साल,

काठमाडौं । बुधबार ११ अंकले घटेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार १७ अंकले घटेर ९ सय ३८ अंकमा झरेको छ । सोमबार प्रमुख राजनीतिक दलहरूबीच सहमति भएपछि मंगलबार नेप्से २१ अंकले बढेको थियो ।

बिहीबार १ सय १४ कम्पनीका ५ लाख २० हजार कित्ता सेयर २४ करोड ५६ ला खरूपैयाँमा किनबेच भएको नेपाल स्टक एकसचेञ्जले जनाएको छ । मंगलबार नेप्सेमा ५३ करोडको सेयर कारोबार भएको थियो ।

बिहीबारको कारोबारमा बीमा समूहको सूचक साढे ६७ अंकले, जलविद्युत समूहको सूचक ४१ अंकले, वाणिज्य बैंक समूहको सूचक साढे २१ अंकले, होटल समूहको सूचक १६ अंकले विकास बैंकको सूचक साढे ९ अंकले, अन्य समूहको सूचक २० अंकले, व्यापार समूहको २ अंकले र वित्त कम्पनी समूहको सूचक डेढ अंकले घटेका छन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411