सार्क फाइनान्सको बैठकमा भाग लिन गभर्नर बंगलादेश प्रस्थान
बिहीवार, जेष्ठ २८, २०७२ साल,

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को वित्तीय समूहको बैठकमा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीबी नेपाल बंगलादेश प्रस्थान गरेका छन ।
वित्तीय समावेशिताको स्थिति, वित्तीय समावेशितका सम्बन्धमा गरिएका प्रयास तथा भावी रणनीतिहरुका बारेमा बैठक केन्द्रित रहनेछ ।
सार्कका सदस्य मुलुकका गभर्नर र अर्थसचिव सदस्य रहेने सो बैठकमा आपसी हितका बारेमा छलफल हुने राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, बैठकमा भुक्तानी प्रणलीको सरलीकरण र सुदृढीकरणका विषयमा पनि छलफल हुने बताइएको छ ।
ढाकामा रहँदा डा। नेपालले भूकम्पबाट पुगेको क्षति र पुनर्निर्माण तथा पुनस्र्थापनाका बारेमा समकक्षीहरुलाई जानकारी गराउनेछन । उनी जेठ ३१ गते स्वदेश र्फकने गभर्नरको कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।