एनसेलपछि हेलो नेपाल काण्ड: ४ अर्ब ३१ करोड बुझाउन राजस्वको पत्र

सोमबार, जेष्ठ ६, २०७६ साल,
काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)लाई कम्पनीको शेयर स्वामित्व बिक्रीमा देखिएको पुँजीगत लाभकरको रकम तिर्न पत्र पठाएको छ। आन्तरिक राजस्व कार्यालय बानेश्वरले कम्पनीलाई पुँजीगत लाभ कर तिर्न आदेशसहितको पत्र पठाएको र कम्पनीले पत्र बुझ्न अस्विकार गरेको भन्दै विज्ञप्ति जारी गरेको  हो।

आन्तरिक राजस्व कार्यालयले उक्त विज्ञप्तिमा हेलो नेपाललाई कम्पनीको शेयर स्वामित्व बिक्रीमा देखिएको पुँजीगत लाभकर चार अर्ब ३१ करोड ९५ लाख ७९ हजार ६ सय ८८ रुपैयाँ बुझाउन भनेको छ। कार्यालयकाअनुसार हेलो नेपालको ७५ प्रतिशत शेयर साईप्रसस्थित एयरबेल सर्भिसेज लिमिटेड मार्फत टेलियासोनेरा कम्पनीलाई आर्थिक वर्ष २०६८/०६९ मा पाँच अर्ब ७१ करोडमा कारोबार भएको छ। उक्त कारोबार हस्तान्तरणमा हुन गएको पुँजीगत लाभ पाँच अर्ब ६३ करोड ५० लाख रुपैयाँमा आयकर ऐन अनुसार २५ प्रतिशत पुँजीगत लाभ कर लाग्छ।

सो पुँजीगत लाभकर एक अर्ब ४० करोड ८७ लाख ५० हजार रुपैयाँ कम्पनीले राजस्वको रुपमा नतिरेको हुँदा सो कर रकम र सो कर रकममा लाग्ने शतप्रतिशत शुल्क तथा ब्याज समेत गणना गरेर हुने कुल चार अर्ब ३१ करोड ९५ लाख ७९ हजार ६ सय ८८ रुपैयाँ बुझाउन भनी कम्पनीलाई पत्र पठाएको हो। पत्र पठाइएको भएतापनि कम्पनीले अझै नतिरेको आन्तरिक राजस्वले जनाएको छ।

कार्यालयका अनुसार कम्पनीलाई रकम तिर्न कम्पनीको नाममा यहि वैशाख ११ गते सूचना जारी भएको थियो। उक्त पत्र जेठ १ गते कम्पनीमा बुझाउन पठाईएकोमा कम्पनीबाट बुझ्न अस्वीकार गरिएको र टेलिकम कम्पनीको विद्युतीय ठेगानामा र हुलाकमार्फत समेत सो पत्र पठाईसकिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411