प्रधानमन्त्री ओलीलाई ‘मार्छु’ भन्ने तामाङ पक्राउ

सोमबार, जेष्ठ ६, २०७६ साल,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्छु भन्दै फेसबूकमा कमेन्ट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक लिशंखु गाउँपालिकाका ३४ वर्षीय लालबहादुर तामाङलाई बिजुलीबजारबाट पक्राउ गरेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

फेसबूकमा ‘५० हजार दिएमा केपी शर्मा ओलीलाई मार्छु’ भन्ने कमेन्ट गरेकाले उनलाई समाइएको एसएसपी थापाले बताए ।

विद्युतीय अपराध ऐन अनुसार तामाङलाई ५ वर्षसम्म कैद हुन सक्नेछ । उनीमाथि थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411