जनसेवी लघुवित्तको आईपिओ बाँडफाँड, दुई लाख ९१ हजारले पाएनन् शेयर

सोमबार, जेष्ठ ६, २०७६ साल,
काठमाडौं । जनसेवी लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएबि क्यापिटलमा उक्त आईपिओ बाँडफाँड भएको हो ।

लघुवित्तमा आवेदन गरेका कूल ३ लाख ३४ हजार ८७४ जना आवेदकमध्ये १२.९३ प्रतिशत अर्थात ४३ हजार २९९ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन्।

उच्च आवेदनका कारण आईपिओमा आवेदक गरेका बाँकी ८७.०७ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५७५ आवेदकले शेयर प्राप्त गर्न नसकेका हुन्। आईपिओमा १४.०४ गुणा बढी आवेदन परेको थियो।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ३ लाख ३४ हजार १९७ वटा आवेदनबाट परेको ६० लाख ६६ हजार ५८० कित्ता माग सदर भएको थियो भने ६७७ वटा आवेदनबाट परेको १२ हजार ५६० कित्ताको माग रद्ध भएको छ।

कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो। निष्काशित आईपिओ २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई बाँडफाँड गरिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411