आज जनसेवी लघुवित्तको आईपिओ बाँडफाँड

सोमबार, जेष्ठ ६, २०७६ साल,
काठमाडौं । जनसेवी लघुवित्तको आईपिओ आज दिउँसो ३ बजे बाँडफाँड गर्ने  भएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलको केन्द्रिय कार्यालय नगपोखरीमा शेयर बाँडफाँड हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ उच्च आवेदनका कारण गोलाप्रथाबाट ४३ हजार २९९ जना आवेदकले मात्र लघुवित्तको आईपिओ पाउनेछन्। यो संख्या आईपिओमा आवेदन गरेका करिब १३ प्रतिशत मात्र हो।

आईपिओमा आवेदन गरेका बाँकी ८७ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ। आईपिओमा १४.२८ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ ।

कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो। निष्काशित आईपिओ २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई आरक्षित गरिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411