एक्जिट पोल अनुसार मोदी स्पष्ट बहुमतको साथ भारतको पुनःप्रधानमन्त्री हुने

आईतवार, जेष्ठ ५, २०७६ साल,
एजेन्सी । आइतबार भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत सातौँ तथा अन्तिम चरणको मतदान सकिए लगत्तै एक्जिट पोलहरु सार्वजनिक भइरहेका छन्।

निर्वाचन लोकसभाका  ५ सय ४२ सिटका लागि  भएको थियो।

चारवटा अलग अलग एक्जिट पोलका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी  रहेको एनडीए गठबन्धनलाई स्पष्ट बहुमत प्राप्त हुने अनुमान छ।  एनडीएले उत्तर प्रदेशमा सन् २०१४ को तुलनामा करिब दोब्बर सिट जित्ने अनुमान गरिएको छ।

सी भोटर–रिपब्लिकको एक्जिट पोलका अनुसार भाजपाको गठबन्धन एनडीएले २८७, कांग्रेस गठबन्धनले १२८, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले ४० र अन्यले ८७ सिट जित्ने अनुमान गरेको छ।

यस्तै जन कि बात रिपब्लिकको एक्जिट पोल अनुसार भाजपाको गठबन्धन एनडीएले ३०५, कांग्रेसको गठबन्धनले १२४, सपा–बसपा गठबन्धनले २६ र अन्यले ८७ सिट जित्ने अनुमान गरेको छ।

यस्तै भीएमआर–टाइम्स नाउको एक्जिट पोलको अनुमान अनुसार भाजपाको गठबन्धन एनडीएलाई ३०६, कांग्रेस गठबन्धनलाई १३२, सपा–बसपालाई २० र अन्यलाई ८४ सिट प्राप्त हुने अनुमान गरेको छ।

यस्तै न्यूज नेशनको एक्जिट पोलका अनुसार भाजपाको गठबन्धन एनडीएले २८६, कांग्रेसको गठबन्धनले १२२ र अन्यलाई १३४ सिट प्राप्त हुने अनुमान छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411