राष्ट्र बैंक भन्छ: यो वर्ष तरकारी र दालको मूल्य घट्यो

आईतवार, जेष्ठ ५, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले गतवर्षको तुलनामा तरकारी र दालको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा औसतमा मूल्यबृद्धि ४.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ५.३ प्रतिशत मूूल्यबृद्धि भएको थियो । २०७५ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो । २०७५ चैत महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.२ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, काठमाडौं उपत्यकामा ४.७ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ७.० प्रतिशत, ६.० प्रतिशत, ४.३ प्रतिशत र ५.७ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार तरकारीको मूल्य अघिल्लो वर्षभन्दा ४.४ प्रतिशतले घटेको छ । यस्तै दाल तथा गेडागुडीको मूल्य ०.७ प्रतिशतले घटेको छ । यस्तै फलफुलको ०.९ प्रतिशतले मूल्य बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411