नेप्से झितो अंकले घट्यो, १ अर्व ९ करोडको शेयर कारोबार

आईतवार, जेष्ठ ५, २०७६ साल,
काठमाडौं । साताको पहिलो दिन आइतबार आज १७२ कम्पनीको ३२ लाख ८१ हजार १ सय १६ कित्ता शेयर १ अर्व ९ करोड ३ लाख ४८ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको छ।

‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेको छ। सो अंक घटेर सेन्सेटिम परिसूचक २८० अंकमा कायम भएको छ। नेप्से परिसूचक १.८७ अंकले घटेर १३१६.८४ कायम भएको छ ।

जम्मा १२ उपसमूहको कारोबार भएकोमा ६ उपसमूह घटेका छन भने ६ उपसमूह बढेका छन्। बैंकिङ ४.२२, ब्यापार ८.४५, होटल्स १२.१९, निर्जिवन बीमा ५९.०३, माइक्रो फाइनान्स ८.५, जीवन बीमा ५९.७३ अंकले घटेको छ भने बिकास बैंक ८.८२, हाइड्रो पावर ३.०३, फाइनान्स ५.३६, उत्पादन १००.२६, अन्य १.९६, सामूहिक कोष ०.०३ अंकले बढेको छ।

आज सबै भन्दा बढी कारोबार नेपाल बैंक २२ करोड, शिभम् सिमेन्टको १८ करोड, बुटवल पावर कम्पनीको ३ करोड बढिको भएको छ।

सबै भन्दा बढी नाफा कमाउनेमा शिभम् सिमेन्ट, कर्पोरेट बिकास बैंक, रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, लुम्बिनी बिकास बैंकका लगानीकर्ता रहे।

सबै भन्दा बढी गुमाउनेमा बिशाल बजार कम्पनी, ग्लोबल आइएमई लघुवित्त, आइएमई जनरल इन्स्योरेन्स, नदिप लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, गुडवील फाइनान्सका लगानीकर्ता रहे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411