भक्तपुर फाइनान्सका लगानीकर्ताले समानुपातिक रुपमा २८ प्रतिशतको दरले शेयर पाउने

बिहीवार, जेष्ठ २८, २०७२ साल,
काठमाडौ । भक्तपुर फाइनान्सका लगानीकर्ताले समानुपातिक रुपमा आफूले आवेदन गरेको रकमको २८ प्रतिशतको दरले शेयर पाउने भएका छन् । कम्पनीले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ९७ हजार ५ सय कित्ता शेयरमा मागभन्दा करीब ३ दशमलव ५ गुणा बढी आवेदन परेको थियो ।

कम्पनीको शेयरमा ७ हजार १ सय ३७ जनाले २४ करोड ४१ लाख भन्दा बढी रकमको आवेदन दिएका थिए । निष्काशित कुल ७ लाख ५० हजार शेयर मध्य बाँकी भने सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो । कम्पनीको शेयरलाई इक्रा नेपालले पाँचौँ ग्रेड दिएको छ ।

कम्पनीले गत बैशाख ९ गते देखि १४ गतेसम्म शेयर निष्कासन गर्ने भनेको थियो । तर बैशाख १२ गतेको महाभूकम्पले गर्दा ११ गतेदेखि शेयर निष्कासन बन्द भएपछि पुन बैशाख २० गतेदेखि २३ गतेसम्म शेयर निष्कासन खुल्ला गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411