अब मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य

आईतवार, जेष्ठ ५, २०७६ साल,
काठमाडौँ । काठमाडौँ उपत्यकामा मोटरसाइकलमा पछाडि बस्ने यात्रीहरुका लागि पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने व्यवस्था ट्राफिक प्रहरीले फेरि गर्ने तयारी गरेको छ।

पछाडि बस्ने यात्रीहरुले हेल्मेट नलगाएका कारण दुर्घटना बढेको तथ्यांकपछि ट्राफिक प्रहरी कार्यालयले पछाडि बस्ने चालकका पनि हेल्मेटको व्यवस्था गर्न लागेको हो।

ट्राफिक प्रहरी कार्यालयले यसका लागि सरकारसँग सिफारिस गरिसकेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो।

चालक र पछाडि बस्ने दुवैका लागि लागि हेल्मेट पनि उच्च गुणस्तरीय प्रयोग गर्न ट्राफिक प्रहरीले जोड दिएको छ।

त्यस्तै, ट्राफिक प्रहरीले डिजिटल लाइलेन्स सही हो वा होइन भनेर जाँच्ने १० वटा  मेसिन पनि ल्याएको छ। अब ट्राफिक प्रहरीले डिजिटल लाइसेन्समा शंका लागे ती मेसिनमार्फत जाँच्न सक्नेछ।

गत १० महिनामा ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकामा मात्र ३ लाख ८४ हजार २ सय ६ चालकलाई कारबाही गरेको छ।

त्यस्तै, गत १० महिनामा काठमाडौँ उपत्यकामा २६ हजार ४ सय ९ पुरुष मापसेमा परेका छन्। यही अवधिमा  १ सय ९ महिला मापसेमा परेको पनि ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

त्यस्तै गत १० महिनामा ३२ हजार २७ पुरुष लेन मिचेको कारबाहीमा परेका छन् भने १ हजार ३ सय ५० महिलाले लेन मिचेको कारबाही व्यहोरेका छन्।

अत्याधिक मापसेका कारण २८ चालक निलम्बनमा परेका छन्। यहीबीच लेन मिचेर पनि थाहा नपाएका तर पछि प्रहरीले रेकर्डमार्फत हेरेर ५ हजार ६० लाई लेन मिचेको कारबाही गरेको छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411