स्वाभिमान माइक्रोफाइनान्सको आईपिओ बाँडफांड, १८ हजार ५५८ लाई १०, भाग्यमानी ७ ले पाए ११ कित्ता

आईतवार, जेष्ठ ५, २०७६ साल,
काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार बिहान आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो ।

आईपिओमा ३ लाख २७ हजार ७ सय १६ जनाले आवेदन दिएका थिए । जस मध्ये कुल २३० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ  । बाँकि रहेका ३ लाख २७ ७ सय १६ योग्य आवेदक मध्ये बाट गोलाप्रथा मार्फत १८ हजार ५ सय ५८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्  ।  आईपिओमा ३२.५० गुणा बढी आवेदन परेको थियो ।

त्यस्तै २० कित्ता देखि ५००० कित्तासम्मको लागि आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन्  । 

स्वाभिमान लघुवित्तले बैशाख २७ गतेदेखि १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ३ हजार ९३ कित्ता कर्मचारीको लागि र ९ हजार ९ सय ३० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो  ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411