नेपाल लाईफको साढे ४८ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी साढे ५ अर्ब पुग्यो

आईतवार, जेष्ठ ५, २०७६ साल,
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ४८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा जेष्ठ ४ गते शनिबार, वीरगञ्जमा सम्पन्न साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु २३.५० नगद वितरणको प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार पुगेको छ ।

कम्पनीले कुल बीमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे।

हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ ।

कम्पनीमा १ लाख २२ हजार भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411